काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको घटेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन ५ सय र चाँदी १५ रुपैयाँले घटेको हो ।

बिहीबार ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज शुक्रबार ५ सयले घटेर ८६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ८६ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल चैत ६ गते शुक्रबार, १०:५१