काठमाडौंः आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा आज मंगलबार सुन प्रतितोला ५ सय र चाँदी ३५ रुपैयाँले बढेको हो ।

सोमबार ९० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार ५ सय रुपैयाँले बढेर ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर १६ मंगलबार, १०:५१