काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आइतबारको तुलनामा सोमबार सुन ५ सय र चाँदी ८० रुपैयाँले बढेको हो ।

आइतबार ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोमबार ५ सय रुपैयाँले बढेर ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज ८० रुपैयाँले बढेर प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल माघ १९ गते सोमबार, ११:३६