काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । मंगलबारको तुलनामा बुधबार सुन ५ सय र चाँदी २५ रुपैयाँले बढेको हो ।

मंगलबार ८७ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बुधबार ५ सय रुपैयाँले बढेर ८७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ८७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन १९ गते बुधबार, ११:०४