काठमाडौंः नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य चाहिँ स्थिर रहेको छ । शुक्रबारको तुलनामा आइतबार सुन ५ सय रुपैयाँले बढेको हो ।

शुक्रबार ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज आइतबार ५ सय रुपैयाँले बढेर ८६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ८५ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी भने आज स्थिर रहेर प्रतितोला १ हजार २५० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन २३ गते आइतबार, १०:५९