काठमाडौंः राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त पदाधिकारीले पदभार ग्रहण गरेको भोलिपल्ट बिहीबार राखेप बोर्डमा ६ सदस्य मनोनति भएका छन् ।

३७ सदस्यीय बोर्डका लागि युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरि ६ जनालाई मनोनित गरेका हुन् ।

मनोनित हुनेमा राखेप सदस्य सचिव सिफारिस समितिको सदस्य रहेका दुवै जना रिम रानाभाट र इन्दिरा निरौला सदस्य नियुक्त भएका छन् । यस्तै, काठमाडौं चपलीका अर्जुनबहादुर केसी, बाग्लुङ बिहु ४ का सम्पन्न श्रेष्ठ र चितवन भरतपुर १ का सुवास श्रेष्ठ तथा परम्परागत साहकिस तथा पर्यटकीय खेलक्षेत्रको प्रतिनिधित्व हुने गरि गोवन्दप्रसाद भट्टराईलाई सदस्यमा मनोनित गरिएको जनाएको छ ।


सोमबार मन्त्रिपरिषद्को बैठक शिव कोइरालालाई उपाध्यक्ष र रमेशकुमार सिलवाललाई सदस्य सचिव नियुक्त गरेको थियो । कोइराला र सिलवालले बुधबार पदभार ग्रहण गरेका थिए ।


प्रकाशित मितिः शुक्रबार, साउन १६, २०७७, १०:२२