म्याग्दीः ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेनी नगरपालिका–५ पुलाचौर बस्ने १७ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनले ती बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल पुस ३ गते शुक्रबार, १६:३९