काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको चाहिँ बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन ६ सय रुपैयाँले घटेको छ भने चाँदी ५ रुपैयाँले बढेको हो ।
बिहीबार ९१ हजार ५ रुपैयाँमा कारोबार भएको छापावाला सुन आज शुक्रबार ६ सयले घटेर ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी भने आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७७ साल माघ ३० गते शुक्रबार, ११:१५
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook