काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बुधबारको तुलनामा बिहीबार सुन ६ सय र चाँदी ५ रुपैयाँले घटेको हो ।

बुधबार ८९ हजार ८ रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बिहीबार ६ सयले घटेर ८९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ८८ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन ६ गते बिहीबार, १०:५६