काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन ६ सय र चाँदी २५ रुपैयाँले घटेको हो ।

बिहीबार प्रतितोला ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज शुक्रबार ६ सयले घटेर ९८ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि आज २५ रुपैयाँले घटेर १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मितिः २०७९ साल बैशाख २३ गते शुक्रबार, ११:१५