काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुन ६ सय र चाँदी २० रुपैयाँले बढेको हो ।
शुक्रबार ९० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज आइतबार ६ सयले बढेर ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९० हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी पनि आज २० रुपैयाँले बढेर प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७७ साल माघ २५ गते आइतबार, १७:५७
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook