काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । मंगलबारको तुलनामा बुधबार सुन ६ सय र चाँदी १५ रुपैयाँले बढेको हो ।

मंगलबार ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बुधबार ६ सय रुपैयाँले बढेर ८६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ८५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन २६ गते बुधबार, १२:३६