६ सय मेगावाट सौर्य उर्जाको प्रक्रिया अन्तिम चरणमा







काठमाडौंः अमेरिकी कम्पनी स्काइपावर ग्लोबलले नेपालमा निर्माण गर्न लागेको ६ सय मेगावाटको सौर्य ऊर्जा (सोलार) को प्रारम्भिक समझदारी गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

६ सय मेगावाट सोलार आयोजनाको लागि १ खर्ब रुपैयाँ बराबरको लगानी गर्न लागेको छ भने यसबाट १५ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउनेछन् ।

अमेरिकी कम्पनी स्काइपावर ग्लोबलले नेपालमा निर्माण गर्न लागेको ६ सय मेगावाटको सौर्य ऊर्जा ९सोलार० को प्रारम्भिक समझदारी गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

६ सय मेगावाट सोलार आयोजनाको लागि १ खर्ब रुपैयाँ बराबरको लगानी गर्न लागेको छ भने यसबाट


१५ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउनेछन् ।

विश्वका ३४ स्थानमा ८० खर्ब रुपैयाँ बराबरको २५ हजार मेगावाट सोलार आयोजना निर्माण र विकास गर्न लागेको स्काइले गरेको प्रस्तावअनुसार अघि बढेको छलफल अन्तिम चरणमा पुगेको हो । स्काइपावर ग्लोबलका प्रतिनिधिले नेपालमा विभिन्न स्थानमा ६ सय मेगावाट बराबरको सोलार निर्माणका लागि गत चैतमा प्रस्ताव गरेका थिए ।

स्काइका क्षेत्रीय प्रबन्धक इमतिज महतबलगायतले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई भेटेर आफू इच्छुक रहेकोले प्रस्ताव गरेको बताउँदै सहजीकरणका लागि अनुरोध समेत गरिसकेका छन् ।

ऊर्जा मन्त्री पुनले स्काइपावरलाई सोलार निर्माणका लागि सबै किसिमको सहयोग र दु्रतिमा निर्माणका लागि सहजीकरण गर्ने बताएका छन् ।




ताजा समाचार


विशेष समाचार