बाजुरा:  बाजुरा सहित ७ नम्बर प्रदेशमा भुकम्पको धक्का महसुस गरिएको छ। मंगलबार बिहान ७ स् १९ बजे भुकम्पको धक्का महसुस गरिएको हो। भूकम्पको केन्द्रबिन्दु बाजुरा रहेको जनाइएको छ ।

भूकम्पको धक्का महसुस भुकम्प मापन केन्द्र सुर्खेतका अनुसार बाजुरा केन्द्रबिन्दु भएर ४ दशमलव ९ रिक्टर स्केलको भूकम्प गएको हो।

बाजुरा र हुम्लाको सीमाक्षेत्र उत्तर जंगलतिर केन्द्रबिन्दुरहेको भुकम्पको धक्का बैतडी, दार्चुला, बझांङ, बैतडी लगायतका जिल्लामा महसुस गरिएको थियो।

यस क्षेत्रमा गत महिना पनि भुकम्पको धक्का महसुस गरिएको थियो। भुकम्प धक्का महसुस गरिए पनि कुनै क्षतिको विवरण नआएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।