काठमाडौंः एक बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक युवा प्रहरी खोरमा पुगेका छन् ।

नुवाकोटकी ७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा काठमाडौं तार्केश्वर नगरपालिका—३ जितपुर फेदी बस्ने अछाम घर भएका दानबहादुर शाहीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

शाहीले ती बालिकालाई यौनदुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।


प्रकाशित मितिः बुधबार, भदौ २५, १३:१०