काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । शुक्रबारको तुलनामा आइतबार सुन ७ सय र चाँदी १५ रुपैयाँले घटेको हो ।

शुक्रबार ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज आइतबार ७ सयले घटेर ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज १५ रुपैयाँले घटेर प्रतितोला १ हजार १६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मितिः २०७९ साल भदौ १२ गते आइतबार, ०५:०८