काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । मंगलबारको तुलनामा बुधबार सुन तोलामा ७ सय र चाँदी १० रुपैयाँले घटेको हो ।

मंगलबार ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बुधबार ७ सयले घटेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मितिः २०७९ साल भदौ २९ गते बुधबार, ०५:१८