काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । मंगलबारको तुलनामा आज बुधबार सुन प्रतितोला ७ सय र चाँदी २० रुपैयाँले घटेको हो ।

मंगलबार ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार ७ सय रुपैयाँले घटेर ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९२ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज २० रुपैयाँले घटेर प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर २४ गते बुधबार, ११:३५