काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । मंगलबारको तुलनामा बुधबार सुन ७ सय र चाँदी १० रुपैयाँले घटेको हो ।

मंगलबार ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बुधबार ७ सय रुपैयाँले घटेर ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख १५ गते बुधबार, १२:२५