काठमाडौः नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आइतबारको तुलनामा सोमबार सुन ७ सय र चाँदी ३५ रुपैयाँले बढेको हो ।

आइतबार ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोमबार ७ सय रुपैयाँले बढेर ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल पुस १३ गते सोमबार, ११:४८