मकवानपुरः मनहरी गाउँपालिका–६ रुपाचुरी जंगलबाट ८६ किलो अवैध लागूऔषध गाँजा बिहीबार राति प्रहरीले बरामद गरेको छ ।

जंगलमा बोरामा बोकी ल्याउँदै गरेको उक्त गाँजा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित मानिसहरुले त्यहीँ छोडेर फरार भएपछि प्रहरीले बरामद गरेको हो ।

हाल फरार व्यक्तिको प्रहरीले खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल पुस २४ गते शुक्रबार, २०:२२