काठमाडौः नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार सुन ८ सय र चाँदी २० रुपैयाँले घटेको हो ।
सोमबार ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज मंगलबार ८ सय रुपैयाँले घटेर ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी पनि आज ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७७ साल पुस १४ गते मंगलबार, १२:०४
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook