काठमाडौंः आज सुनचाँदीको मूल्य घटेको छ । बिहीबार सुन ८ सय र चाँदी २० रुपैयाँले घटेको हो ।

बुधबार ८२ हजार ३ सयमा कारोबार भएको छापावाला सुन बिहीबार ८ सयले घटेर ८१ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ८१ हजार २ सयमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज २० रुपैयाँले घटेर प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः बिहीबार, फागुन २९, १०:५४