काठमाडौंः आज सुनचाँदीको मूल्य बढेको छ । मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला ८ सय र चाँदी ३० रुपैयाँले बढेको हो ।

मंगलबार ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार ८ सयले बढेर ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज ३० रुपैयाँले बढेर प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ५ बुधबार, १३:२३