काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । मंगलबारको तुलनामा बुधबार सुन ८ सय र चाँदी ३० रुपैयाँ बढेको हो ।

मंगलबार ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बुधबार ८ सय रुपैयाँले बढेर ९३ हजार १ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९२ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज ३० रुपैयाँले बढेर प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल पुस १ गते बुधबार, १३:५०