काठमाडौंः नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन ८ सय र चाँदी २५ रुपैयाँ बढेको हो ।

बिहीबार ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज शुक्रबार ८ सय रुपैयाँले बढेर ९४ हजार ३ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९३ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज २५ रुपैयाँले बढेर प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल पुस ३ गते शुक्रबार, ११:१४