काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आइतबारको तुलनामा सोमबार सुन ८ सय र चाँदी २५ रुपैयाँले बढेको हो ।
आइतबार ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोमबार ८ सय रुपैयाँले बढेर ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी पनि आज २५ रुपैयाँले प्रतितोला १ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७७ साल पुस २० गते सोमबार, ११:५९
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook