काठमाडौंः टोखा नगरपालिका–११ भण्डारीटोलबाट ९ जुवाडे पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा प्रहरीले टोखा नगरपालिका–११ भण्डारीटोलस्थित ५७ वर्षीय जित बहादुर केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा स्थानीय ३५ वर्षीय देव गुरुङसहित ९ जनालाई शनिबार दिउँसो पक्राउ गरेको हो ।

उनीहरुको साथबाट २ लाख ४ हजार ४३ सय रुपैयाँ नगद र १६ बुक तास समेत बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।


प्रकाशित मितिः आइतबार, कार्तिक ३, १२:४८