काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बुधबारको तुलनामा आज बिहीबार सुन प्रतितोला ९ सय र चाँदी १५ रुपैयाँले घटेको हो ।

बुधबार ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार ९ सय रुपैयाँले घटेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर २५ गते बिहीबार, १०:५८