काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बुधबारको तुलनामा बिहीबार सुन ९ सय र चाँदी २० रुपैयाँले घटेको हो ।

बुधबार ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बिहीबार ९ सयले घटेर ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल माघ २२ गते बिहीबार, ११:१४