काठमाडौंः नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । बिहिबारको तुलनामा शुक्रबार सुन ९ सय र चाँदी ३५ रुपैयाँले घटेको हो ।

बिहीबार ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज शुक्रबार ९ सय रुपैयाँले घटेर ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ८५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन २१ गते शुक्रबार, १३:५८