काठमाडौंः आज सुनचाँदीको मूल्य घटेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ९ सय र चाँदी २० रुपैयाँले घटेको हो ।

बुधबार ९७ हजार ५ सयमा कारोबार भएको छापावाला सुन बिहीबार ९ सयले घटेर ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९६ हजार १ सयमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः बिहीबार, असोज १, २०७७, १०:५१