काठमाडौंः आज सुनचाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन प्रतितोला ९ सय र चाँदी १५ रुपैयाँले बढेको हो ।

बिहीबार ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार ९ सयले बढेर ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज १५ रुपैयाँले बढेर प्रतितोला १ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः शुक्रबार, असोज २३, २०७७, १०:५६