काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आइतबारको तुलनामा सोमबार सुन ९ सय र चाँदी ४० रुपैयाँ बढेको हो ।

आइतबार ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोमबार ९ सय रुपैयाँले बढेर ९५ हजार २ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल पुस ६ गते सोमबार, ११:२४