काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन ९ सय र चाँदी १५ रुपैयाँले बढेको हो ।
बुधबार ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बिहीबार ९ सयले बढेर ८६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ८६ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी पनि आज १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७७ साल चैत १९ गते बिहीबार, ११:०२
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook