काठमाडौँ: इन्द्रावती गाउँपालिका १० भोटसिपा हुँदै काठमाडौं गइरहेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस तिर्खुमोडबाट खस्दा मृत्यु हुनेको संख्या १४ पुगेको छ । घटनास्थलमै ६ र अस्पताल लैजाने क्रममा ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुने पाँच जनाको सनाखत भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा काभ्रे बनेपाका केदार महाजु, इन्द्रवती गाउँपालिका–९ का हिरा श्रेष्ठ र विनोद लम्साल, इन्द्रावती गाउँपालिकाकै रितेस आचार्य र काभ्रे पाँचखालकी संगिता पुरकोटी रहेका छन् ।  बाँकी मृतकको सनाखत भइसकेको छैन।

दुर्घटनाका घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।


बसमा दशैं मनाएर काठमाडौं फर्कंदै गरेका यात्रु थिए ।

सम्बन्धित समाचार

सिन्धुपाल्चोक बस दुर्घटनाः मृतक पाँच र घाइतेहरुको सनाखत (नामावलीसहित)


प्रकाशित मितिः असोज २४, शुक्रवार, १४:१६