काठमाडौँ: तानसेन नगरपालिका वडा नम्बर ५ का वडा सदस्य बिष्णुबहादुर कार्कीसहित १९ जना जुवाखालबाट पक्राउ परेका छन् ।

तानसेन नगरपालिका–१, गैरेगाउँस्थित होमराज बस्यालको घरबाट उनीहरु ५ लाख ५५ हजार रुपैयाँसहित पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा तानसेन ११ का पदम बिष्ट, घरधनी तानसेन–१, का हुमराज बस्याल, तानसेन–५, का निरन्जन दर्जी, तानसेन–१, का किरण शर्मा, सन्तोश खाती, किस्मत खाती , रम्भा गाउँपालिका ३ का सुदन बैदवार र अर्जुन बैदवार, तानसेन १ का राजु खनाल , सुनिल पंगेनी, हरिप्रसाद शर्मा, देवराज बस्याल, बगनासकाली गाउँपालिका–६ का रामप्रसाद बस्याल, तानसेन ६ का अशोककुमार महर्जन, रम्भा गाउँपालिका ३ का मिनबहादुर बैदवार, तानसेन १ का किरण खाती, रामु खड्का, अनिरुद्र खड्का रहेका छन् ।


 

 


प्रकाशित मितिः असोज २४, शुक्रवार, १५:३८