सल्यान: जिल्ला प्रहरी कार्यालय सल्यानले खेतबारी र झाडीमा लुकाई राखेको अवस्थामा भरुवा बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ। कुमाख गाउँपालिका–३, चिनाली बजारस्थित घरबाट चार नाल भरुवा बन्दुक र एक नाल ब्यारेलसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

कुमाख गाँउपालिका–३, का ५० वर्षीय शेरबहादुर पुन, सोही वडाका ५२ वर्षीय छबिलाल चलाउने र ४५ वर्षीय मनबहादुर रानालाई सुराकीको आधारमा पक्राउ गरिएको सल्यानका प्रहरी नायब उपरीक्षक भरत बिकले जानकारी दिए। बिकका अनुसार बन्दुक खेतबारी र झाडीमा लुकाई राखेको अवस्थामा भेटिएको थियो।

पक्राउ परेकालाइ हातहतियार खरखजना ऐन २०१९ अन्तर्गत मुद्दा चलाइने प्रहरी नायब निरीक्षक बिकले बताए।


। समाजकाे शान्ति,सुव्यवस्थामा खलल पार्न सक्ने भएकोले सल्यान प्रहरीले यस्ता अवैध हातहतियार खरखजना नियन्त्रण गर्ने विशेष अभियान चलाएको उनले बताए।