ललितपुर: महानगरीय प्रहरी परिसर, ललितपुरले प्रतिबन्धित लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं बानेश्वरका ३१ वर्षीय अन्दिप महर्जन, कालोपुलका ३२ वर्षीय सुदिप बस्नेत र मकवानपुरको पालुङ्ग घर भइ ललितपुर धोबिघाट बस्दै आएका ४० वर्षीय सोम गोले छन् ।

उनीहरुलाई अवैध लागुऔषध फेनारगन एम्पल २ सय ३६ थान, डाईजापाम एम्पल १ सय ८७ थान, नुर्फिन १ सय ७७ थान गरी जम्मा ६०० थान एम्पलहरुसहित पक्राउ गरिएको ललितपुर महानगरीय प्रहरी परिसरले जनाएको छ  ।