काठमाडौंः जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर शुक्रबारको मौसम सामान्यतया सफा रहने जनाएको छ।

तर प्रदेश १ र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने मौसमविदले बताएका छन्।

‘प्रदेश १ र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ’, महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

मौसमविदका अनुसार शुक्रबार राति पनि प्रदेश १ र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली नै रहने छ।

यसबाहेक अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहने सूचनामा उल्लेख छ।

अहिले बिहान प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहेको छ र तराईका भू-भागमा हुस्सु र कुहिरो लागेको छ ।


। बांकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

हाल भारतको कर्णातक देखि गुजरातमा बनेको न्युन चापिय रेखाको नेपालमा आंशिक प्रभाव रहेको मौसमविदले जानकारी दिएका छन्।


प्रकाशित मितिः २४ पुस २०७७, शुक्रबार, ०७:४३