तमघास: गुल्मीको मालिका गाउँपालिकामा भएको ट्रयाक्टर दुर्घटनामा परेर ४ जना घाइते भएका छन् ।

इँट्टा बोकेर सोमबार धनार्जेबाट अर्खबाङतर्फ जाँदै गरेको लु ३ च ३९६६ नम्बरको टयाक्टर दुर्घटनामा परेको हो । दुर्घटनामा परेका ४ मध्ये २ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुमा चालक विष्णु लम्साल, पशुपति लम्साल, सिता नेपाली र मुना लम्साल रहेका छन् । घाइतेमध्ये पशुपति लम्साल र सीता नेपालीको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

विपरित दिशाबाट आएको जीपलाई साईड दिने क्रममा ब्याक गर्दा टयाक्टर सडकबाट २ सय मिटर तल खसेको थियो ।