काठमाडौँ: बलिउडका सुपरस्टार अमिताभ बच्चनले भिडियो सन्देश पठाउँदै एसिड आक्रमणबाट घाइते भएकी मुस्कान खातुनलाई स्वास्थ्य लाभको कामना गरेका छन् ।

भिडियोमा अमिताभले मुस्कानलाई सम्बोधन गर्दै उनीमाथि भएको घटना थाहा पाएपछि दुःख लागेको बताएका छन् । अमिताभले मुस्कानलाई हिम्मतवाली बालिकाको रुपमा बुझेको उल्लेख गर्दै स्वास्थ्य लाभको कामना गरेका छन् । ‘तपाईलाई छिटै निको होस,’ उनले भनेका छन्, ‘तपाईलाई मेरो शुभ कामना छ ।’

खातुनलाई गत भदौ २० गते दुई जना युवाले पानी भनेर एसिड खुवाउन लागेका थिए । उनले एसिड खान नमानेपछि उनीहरुले अनुहारमा छ्यापेर भागेका थिए ।

भिडियो सन्देश

भिडियो स्रोत : नयाँ पत्रिका


प्रकाशित मितिः असोज १५, बुधवार, १६:४४