काठमाडौँ: निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रनवे प्रमुख अनिल कार्की कुटिएका छन् । विमानस्थलकै विभिन्न संरचना बनाउने ठेक्का पाएका ठेकेदार कम्पनीका कर्मचारीबाट उनी कुटिएका हुन् ।

कार्कीले एयरपोर्ट निर्माणको क्रममा भएका अनियमितता बाहिर ल्याउने डरले कुटेको आरोप लगाए।

‘कमल कार्की, सागर मोहन, सोेबेन्द्रराज जोशी र दवाडीले हो मलाई बोत्तल, रडले हानेको, टाउकोमा हानेपछि म बेहोस भएछु। कति कुटे थाहै भएन।’, उनले भने ।

 

 


प्रकाशित मितिः असोज १६, बिहिवार, १३:३५