काठमाडौं: आज असार १५ को दिन देशभर धान दिवसको अवसरमा रोपाइँको कार्यक्रम भइरहेका छन् । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई समेत आफ्नो गृह जिल्ला गोर्खा रोपाईं कार्यक्रममा  सहभागी हुन पुगेका छन् ।

नयाँ पार्टिका संयोजक भट्टराई गोरखाको सिरानचोक गाउँपालिका ५ मा आयोजित रोपाईं कार्यक्रममा सहभागी हुन् गृहजिल्ला पुगेका हुन्। उनी रोपाईं कार्यक्रममा सहभागी मात्र भएनन्, अन्य हली र बाउसे बराबर काम समेत गरेका छन्। बाबुराम भट्टराई  हिलोमा टिसर्ट र हाल्फ प्यान्ट लगाएरै पसे र हिलोमा काम हली र बाउसे बराबर काम गरे ।

देशको प्रधानमन्त्री समेत भएका बाबुराम भट्टराई जो एक सफल आर्किटेक्चर इन्जियिरिङ समेत हुन्, उनले कृषकले झैँ खेतमा हलो चलाएका हुन् ।


। रोपाईं कार्यक्रमको उद्घाटन गर्न पुगेका बाबुरामले अनौ समातेर केही सियो खेत हिल्याए। बाहुसे समेत बनेका बाबुरामले केहीबेर रोपाहारसँगै पुगेर बिउँसमेत काढ्न भ्याएका छन्।

यसरी उनले एक सफल आर्किटेक्चर इन्जियिरिङका साथसाथै सफल कृषक समेत भएको पुष्टि गरेका छन् ।