इन्डोनेसिया: पर्यटकको लोकप्रिय गन्तव्य मानिएको इन्डोनेसियाको बालीमा शक्तिशाली ज्वालामुखी विस्फोट भएपछि हजारौँ पर्यटक अलपत्र परेका छन् । शुक्रबार भएको ज्वालामुखी विस्फोटका कारण विमानस्थल बन्द भएको हुँदा हजारौं पर्यटक अलपत्र परेका छन् ।

वर्षेनी लाखौँ पर्यटक पुग्ने बालीमा आज बिहान शक्तिशाली ज्वालामुखी विस्फोट भएको  हो । यसका कारण आकासमा निकै बाक्लो तुवाँलो देखिएको छ । उक्त तुवाँलोका कारण बालीको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको हो।

विमानस्थल बन्द हुँदा हजारौँको सङ्ख्यामा रहेका पर्यटक अलपत्र परेका छन् भने ज्वालामुखी विस्फोटको समाचारका कारण उनीहरु त्रासमा रहेको जनाएको छ ।


। इन्डोनेसियाको हवाई उड्डयन अधिकारीहरुले बाक्लो तुवाँलोले अकास नदेखिएपछि शुक्रबार र शनिबारका करिब ४५० उडान रद्द गरिएको जनाएको छ । ती उडान रद्द भएका कारण शुक्रबार मात्र ७५ हजार पर्यटक अलपत्र परेका छन् । अलपत्र पर्यटकहरुका कारण विमानस्थलमा ठूलो भीड लागेको छ ।

वर्षेनी इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुने गरेको छ र आज भएको ज्वालामुखी विस्फोटको क्रम जारी छ । त्यहाँबाट स्थानीय नागरिकहरुलाई सुरक्षित स्थानमा सार्ने क्रम जारी रहेको छ ।