काठमाडौँ: पुर्व अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता उपहारमा नआएको र फट्याङ्ग्राहरू उफ्रिँदैमा अहिलेको व्यवस्था परिर्वतन नहुने बताएका छन् ।

बुटवल उपमहानगरपालिका–१३ मा निर्मित जितेश्वरी मन्दिर तथा सभाहलको आज उद्घाटन गर्दै उनले सरकार पार्टीले निर्वाचनका क्रममा गरेका प्रतिवद्धताहरू पूरा गर्दै अगाडि बढेको दाबी गरेका थिए । ‘हामी ५ वर्षभित्र सबै वाचा पूरा गरेर छाड्छौं ।’, उनले भने ।

उनले स्थानीयको साथ र सहकार्यले विकासलाई अगाडि बढाउन सहयोग मिल्ने धारणा राखे । महासचिव पौडेलले बुटवलको सामाजिक, आर्थिक, भौतिक तथा सबै प्रकारका विकासमा साथ र समर्थन रहने प्रतिबद्धतासमेत जनाए ।


आफ्नो क्षेत्रको विकासमा चासो र सक्रियता बढाउँदै गए योजना प्नि समयमै सकिने उनको भनाइ थियो ।


प्रकाशित मितिः असोज १६, बिहिवार, १५:५६