नयाँदिल्ली: भारतको नयाँ दिल्ली स्थित सोमबार एक घरमा एउटै परिवारको ११ जनाको लास झुन्डिएको अवस्थामा भेटिएको छ । नयाँ दिल्लीको बुरांडी स्थित सो घटना हुन पुगेको हो । यस घटनामा प्रहरीको अनुसन्धान जारी रहेको छ ।

डाक्टरको पोस्टमार्टम रिपोर्टले भने सबै ११ जनाको मुत्यु झुन्दिएर भएको पुष्टि गरेको छ । सुरुमा प्रहरीको अनुसन्धानले बृद्ध महिलाको मुत्यु घाँटी रेटेर भएको भनिए पनि डाक्टरको रिपोर्टले प्रहरीको अनुमानलाई गलत देखाएको छ । डाक्टरको रिपोर्टमा कसैमाथि जवर्जस्ती समेत नभएको उल्लेख गरिएको छ । डाक्टरको रिपोर्ट पछि प्रहरीले यस घटनालाई सामुहिक आत्महत्या भएको जनाएको छ ।


। घरमा ११ अंक सँग सम्बन्धित विभिन्न संरचना भेटिए सँगै यस घटनालाई मानिसहरुले विभिन्न अन्धविश्वास सँग जोड्न सुरु गरेका छन् ।

११ अंकको रहस्य

घरको बाहिरी भागमा ११ पाइप  

यस घरमा ११ अंकको अनौठो रहस्य देखिएको छ । ११ जना आत्महत्या भएको उक्त घरको बाहिरी पर्खालमा ११ वटा पाइप संगसंगै रहेको भेटिएको छ । त्यस पाइप मध्य पनि ४ वटा पाइप सिधा रहेको छ भने बाँकी ७ पाइप तल फर्किएको छ । ७ महिला रहेको उक्त घरमा ७ वटा तल फर्किएको पाइपलाई महिलाको स्वरुप भएको मानिसहरुले जनाएका छन् ।

घरमा ११ झ्याल; झ्यालको रेलिंगमा समेत ११ रड

यस्तै गरी त्यस घरमा रहेको झ्यालको संख्या समेत ११ रहेको छ भने उक्त झ्यालमा भएको रेलिंगमा ११ रड प्रयोग भएको पाइएको छ ।

माथिल्लो तल्लामा ११ अंकको निसान

घटना भएको घरको माथिल्लो तल्लामा विगत डेढ़ वर्ष देखि जारी रहेको कन्स्ट्रक्सनले समेत ११ अंकको आकार देखिन्छ ।

घरको ढोकामा ११ एंगल

यस घरको काठको ढोकामा ११ एंगल समेत भएको भेटिएको छ ।

वास्तविकता

आत्महत्या भएको परिवारको नातेदारहरुले घरको कान्छो छोरा ललितले मुत्यु भएको बुवा सँग कुराकानी गर्ने गरेको बताएका छन् । उनीहरुका अनुसार घरका परिवारले ललितलाई मानसिक रोग भएको मान्दैन थिए । परिवारबाट ललितमा छुट्टै शक्ति भएको विश्वास गर्दै ललितको अस्वाभाविक व्यहोरामा समर्थन गर्दै आएका थिए । ललितको सोहि कार्यको फल स्वरुप यस घटना घटेको नातेदारहरुले बताएका छन् । घरमा देखिएको ११ अंकसँग सम्बधित संरचनाहरु समेत ललितको योजना अनुसार भएको उनीहरुले बताएका छन् ।