ललितपुर: ललितपुरको कोज्योसोम गाउँपालिका–५ भारदेउमा बस दुर्घटना भएको छ।  लगनखेलबाट यात्रु बोकेर डिहेको बा ४ ख ५३६४ बस लेले–चन्दनपुर सडकखण्डमा स्टेरीङ फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी वृत चापागाउँका अनुसार बसमा २३ जना सवार थिए जस मध्ये २२ जनालाई आनन्दवन अस्पतालमामा लागिएको छ ।  गम्भीर घाइते भएको एक ४० वर्षीया लालुमाया गोलेको पाटन हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो।