काठमाडौँ: चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आइपुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले  सी चिनफिङलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेकी छन् । भारतको चेन्नईबाट उनले काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा सी जिनपिङ दुई दिने राजकीय भ्रमणका लागि उनी नेपाल आएका हुन् ।

२३ वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको राजकीय भ्रमण भएको हो । यसअघि सन् १९९६ मा चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपालको राजकीय भ्रमण गरेका थिए ।


प्रकाशित मितिः असोज २५, शनिवार, १६:२१