काठमाडौँ: चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल आउने भएका छन् ।

परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै चिनियाँ राष्ट्रपति २५ असोजमा काठमाडौं आउने जानकारी दिएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘भ्रमणको क्रममा चिनियाँ राष्ट्रपतिले नेपाली राष्ट्रपति श्रीमती विद्या देवी भण्डारीलाई भेट्ने छन्। ’

प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ प्रतिनिधि मण्डलको दुई पक्षीय आधिकारिक भेट हुनेछ ।

विज्ञप्ति


प्रकाशित मितिः असोज २२, बुधवार, १२:०९